धनगढीमा प्रख्यात सानदार मः मः को स्वाद माघ अन्तिम सातादेखि चाख्न पाईने !
2021/01/27, 6:31
 
mom0

धनगढीमा प्रख्यात सानदार मः मः को स्वाद माघ अन्तिम सातादेखि चाख्न पाईने पाईने भएको छ ।  काठमाण्डौंका ९ वटा स्थानहरुमा सञ्चालित सानदार मःमः को फ्रेन्चाईजको रुपमा धनगढीमा ल्याईएको शाखा मार्फत माघ २५ गतेदेखि स्वाद चाख्न पाईने भएको हो । 

धनगढी चौराहमा रहेको ग्लोबल आईएमई बैंक छेउमा सानदार मःमःको शाखा खोलिएको छ । धनगढीमा पिस ग्रुपले भित्र्याएको सानदार मःमः को स्वाद सुदूरपश्चिमका मःमः पारखीहरुलाई माघ २५ गतेदेखि चखाउने सञ्चालक राजन भट्टले जानकारी दिए । 

2

झण्डै ६० लाखको लगानीमा सानदार मः मः को फ्रेन्चाईज ल्याईएको हो । सानदार मः मः को बफ मः मः सबैभन्दा बढी मन पराईएको र लोकप्रिय रहेको छ । धनगढीमा त्यसका साथै सवै वर्ग र समुदायलाई मः मः को नयाँ स्वाद दिनका लागि चिकन, पनिर र भेज मः मः को सुविधालाई थप गरिएको छ । 

धनगढीका राजन भट्ट सहितका युवाहरुको लगानीमा सानदार मः मः सञ्चालनमा ल्याउन लागिएको हो । मः मः बनाउने कुक तथा आवश्यक सबै सामाग्रीहरु सानदार मः मः रहेको काठमाण्डौंबाट नै ल्याईने छ ।

धनगढी र आसपासका मः मः पारखीहरुलाई नयाँ र स्वादिष्ट मः मः को स्वाद लिन पाउने सञ्चालकहरुले आशा गरेका छन् ।