दार्चुलामा लागुऔषध चरेशसहित एक युवक  पक्राउ
2021/02/26, 9:05
 
death

दार्चुलामा लागुऔषध चरेशसहित एक युवक  पक्राउ परेका छन्। 

नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरे पक्राउ परेको प्रहरीले जनाएको छ।   

सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट उनलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए। 

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।