
धनगढी : नेपाल प्रेस युनियनले पत्रकार महासंघ कैलालीको अध्यक्षमा युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई उम्मेदवार तोकेपछि आधिकारिक प्यानल घोषणा गरिएको छ । प्रेस युनियन, प्रेस चौतारी र प्रेस संगठनको सयुत्त आधिकारिक प्यानल घोषणा गरिएको हो । अध्यक्षमा देउवा, उपाध्यक्षमा हर्कबहादुर बिक, उपाध्यक्ष (महिला) मा दुर्गा देवकोटा, सचीवमा युवराज न्यौपाने, सहसचिवमा घनश्याम पौडेल र कोषाध्यक्षमा लक्ष्मीप्रसाद जैशी उम्मेदवार रहेका छ्न । यस्तै सदस्यमा दीपक उपाध्याय, शंकर बोहरा, नवराज पनेरु, कृतबहादुर बिष्ट, पाण्डव पुजारा, लोकबहादुर देउबा, सुरेन्द्र ताम्राकार र कृष्णप्रशाद ओझा रहेका छन् । २५ गते हुने निर्वाचनका लागि युनियले देउवालाई आधिकारीक उम्मेदवार तोकेको थियो । उनकै नेतृत्वमा रहेको एलाईन्सबाट चार जना भने निर्वीरोध निर्वाचित भईसकेका छन् ।








2021/04/22, 5:26
2021/04/22, 5:08
2021/04/22, 4:44
2021/04/22, 4:05
2021/04/16, 2:01
2021/04/14, 12:21
2021/04/14, 11:56
2021/04/13, 11:35
2021/04/12, 11:03
2020/07/15, 7:10
2020/11/30, 10:59
2020/11/30, 7:29