वन पैदावार आपूर्ति समितिमा हमाल मनोनयन
 
gg

सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला वन पैदावार आपूर्ति समिति कैलालीमा देवेन्द्र हमाल मनोनयन भएका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आपूर्ति समितिमा कैलालीको कैलारी गाउँपालिकाका हमाल सदस्य मनोनयन भएका हुन् । 

हमालसँगै अन्य दुई जनाका पनि मनोनयन भएका छन् ।  हमाल सहित जानकी गाउँपालिकाकी विन्द्राकुमारी रावल र बर्दगोरियाका गणेशप्रसाद भट्ट पनि मनोनयन भएका छन् । डिभिजन वन कार्यालय कैलालीको सिफारिसमा उनीहरुलाई मनोनयन गरिएको मन्त्रालयका उपसचिव भोजराज पाठकद्वारा जारी पत्रमा उल्लेख छ ।

वन पैदावार आपूर्ति समिति जिल्लामा वनजन्य पैदावारको व्यवस्थापन, अनुगमन तथा नियमनमा महत्वपूर्ण निकाय मानिन्छ ।