कैलालीमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध
2021/04/23, 11:11
 
accidnet

विहीबार कैलालीको गौरीगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले पुर्वपश्चिम राजमार्गको लम्कि खण्ड अबरुद्ध गरेका छन ।

गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो ।

विहीबार दिउसो पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ आइरहेको म ८ प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा रावत घाइते भएका थिए । घाइते रावतको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएका थियो ।

मृतकका आफन्तले क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीको बलियामा टायर बालेर सडक अवरुद्ध पारेका छन् । ठक्कर दिने बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।