
हुन्डाई सवारीसाधनको नेपालका लागि एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले धनगढीमा नयाँ विद्युतीय सवारी ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ। बुधवार दिनेश फोर हुईल्स् प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा भएको विशेष अन्तरक्रिया कार्यक्रममा यो इभी सार्वजनिक गरिएको हो।

कार्यक्रममा सहभागी ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक प्रतिक्रिया देखिएको थियो। कम्पनी प्रतिनिधिहरूले उपस्थित ग्राहकहरूलाई प्रत्यक्ष संवादमार्फत गाडीको विशेषता, प्रविधि र बिक्रीपछिको सेवा सम्बन्धी जानकारी दिएका थिए।
कम्पनीले बताएको अनुसार नयाँ क्रेटा इभीले विद्युतीय सवारीप्रति अलमलमा रहेका उपभोक्ताहरूलाई निर्णय लिन सजिलो बनाउनेछ। क्रेटा इभी र पेट्रोल संस्करण दुवै एउटै प्लेटफर्ममा आधारित भएकाले स्पेयर पार्ट्स, सेवा र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा कुनै समस्या नआउने कम्पनीको दाबी छ।

लक्ष्मी हुन्डाईले विद्युतीय सवारीको ईकोसिस्टम मजबुत बनाउन देशभर ६६ स्थानमा ‘रिल्याक्स’ ब्राण्ड अन्तर्गत एसी र डीसी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ। यसले ग्राहकलाई गाडी चार्ज र मर्मत सेवा सजिलै उपलब्ध गराउने लक्ष्य लिएको छ।
धनगढीमा आयोजित कार्यक्रममा क्रेटा इभीसँगै हुन्डाईका अन्य नयाँ मोडलहरू पनि प्रदर्शनमा राखिएको थियो। समारोहमा दिनेश फोर हुईल्स् प्रा.लि. धनगढीका प्रमुख श्याम हमाल, व्यवस्थापक दिपेन्द्र ओझा लगायतले कम्पनीको सेवा, विश्वसनीयता र आगामी योजनाबारे जानकारी गराएका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टलको उच्च व्यवस्थापन टोली अहिले देशभरका प्रमुख शहरहरूमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गर्दै नयाँ क्रेटा इभीबारे जानकारी दिइरहेको छ।