सेती प्रादेशिक अस्पतालमा हसुलियाकी एक जना महिलाको मृत्यु, डायलासिस वार्ड सिल
2020/06/06, 4:25

सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा एक जना महिलाको मृत्यु भएको छ । बिरंग हेल्थ केयरले सञ्चालन गर्दै आएको डायलासिस वार्डमा गए राति कैलालीको हसुलियाकी महिलाको मृत्यु भएको हो । मृगौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिईन् ।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए । अस्पतालको ईमरजेन्सीबाट उनलाई डाईलासिस वार्डमा ल्याइएको उनले बताए । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएको छ । डायलासिस वार्डमै मृत्यु भएपछि डायलासिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिईन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02