अक्सिजन प्लान्ट स्थापना गर्न मेयर कल्याणकारी कोषमा झण्डै १ करोड जम्मा
2021/05/22, 7:52

धनगढी उपमहानगरपालिकामा स्थापना हुने अक्सिजन प्लान्टका लागि झण्डै ९९ लाख रुपैयाँ संकलन भएको छ । चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिकाको साझेदारीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा ९९ लाख १ हजार १ सय रुपैयाँ संकलन भएको हो ।

कल्याणकारी कोषमा बैशाख ३० गते देखि जेठ ७ गते सम्म ८३ व्यक्ति, संघ संस्था, वित्तिय संस्था, समाजसेवि सहयोगी दाताहरुले सो रकम जम्मा गरेका हुन । कोषमा सबैभन्दा बढी रकम धनगढीका व्यवसायी सन्जयकुमार चौधरीले २० लाख तथा काग्रेंस नेतृ डाक्टर आरजु राणा देउवाले १० लाख रकम सहयोग गरेका छन ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको संयोजकत्वमा बसेको बैठकले बैशाख ३१ गते मेयर कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29