सिटी स्क्यान सेवा सुरु भएपछि बिरामीलाई राहत
2021/06/03, 9:49
 
dd

धनगढीको निसर्ग अस्पतालमा सिटिस्क्यान सेवा सुरुवात भएपछि बिरामीहरूलाई राहत भएको छ । सिटीस्क्यान अभावले उपचारमा हुदैं आएको समस्याबाट छुटकारा पाउँदै विरामीहरुको  उपचार गर्न अझै सहज भएको हो ।

2

अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको तीन दिन भएको छ । यो अवधिमा अस्पतालमा तीन ओटा मेरुदण्डको हड्डी भाँचिएका बिरामीको उपचार गरिएको छ ।  उनीहरुमध्ये दुई जनाको शल्यक्रिया मार्फत र एक जनाको शल्यक्रिया नगरी उपचार गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए ।

2

न्युरो सर्जन डाक्टर सुरेश सापकोटा, एनेस्थेसिया ईस्पेसलिष्ट डाक्टर हेमन्त ओझा र अर्थोपेडिक सर्जनद्वय डाक्टर श्रीराम खाती र डाक्टर ओमकार बिष्ट सम्मिलित टिमले मेरुदण्डको हड्डी भाँचिएका बिरामीहरूको सफल शल्यक्रिया गर्दै आएका छन् । पहिले काठमाडौंका सुविधा सम्पन्न अस्पतालहरुमा मात्र सम्भव हुने मेरुदण्डको शल्यक्रिया अब सुदुरपश्चिममै नियमित रुपमा भइरहेको अध्यक्ष पन्तले जानकारी दिए ।

2

‘यो सेवा सुरु गर्न पाएकोमा हामी एकदमै खुशी छौं ।’ अध्यक्ष पन्तले भने–‘हाडजोर्नी सम्बन्धी कुनै पनि समस्या भएका, चोट पटक लागेर हड्डी भाँचिएका तथा अन्य चोट लागेका कुनै पनि बिरामीले टाढा जानु नपरोस भनेर जटिलभन्दा जटिल शल्यक्रिया सेवा पनि सुदुरपश्चिममै उपलब्ध गराउन हाम्रो टिम सक्षम र प्रतिबद्ध छ ।’

4