कोरोना पुष्टि भएपनि लक्षण नदेखिएको भन्दै फिर्ता पठाईएका दुई संक्रमितमा लक्षण देखिएपछि सेती अस्पताल भर्ना
2020/06/07, 6:51
 
korona

कोरोना पुष्टि भएपनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पातलले आइसोलेसनमा नराखेरै फिर्ता पठाएका धनगढीका दुई जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्वर १४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यसअघि प्रादेशिक अस्पतालले स्वास्थ्य निर्देशनालयले जारी गरेको निर्देशिका अनुसार लक्षण नभएको भन्दै दुवै संक्रमितलाई क्वारेन्टिनमा बस्ने गरी जेठ २३ गते फिर्ता पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने उल्लेख भएपछि उनीहरुलाई फिर्ता पठाइएको थियो । उनीहरुमा अहिले लक्षण देखिएपछि सोही निर्देशिका अनुसार आइसोलेसनमा भर्ना गरिएको हो ।