सुदूरपश्चिमका मुख्यमन्त्रीबाट नैतिकताको शिक्षा लेउ : भीम रावल
2021/06/08, 2:28
 
bb

एमालेबाट निष्काशित भीम रावलले विधि, विधान र पद्धति मिच्नेले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकताको शिक्षा लिनु पर्ने बताएका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाएपछि बधाई दिदै सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन ।

जेठ २१ गते विश्वासको मत लिनु पर्ने कुरा प्रदेश सभामा उठेपछि विश्वासको मत लिने प्रस्ताव गरेर मुख्मन्त्रीले नैतिकता देखाएको आशय रावलले व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले आज विश्वासको मत पाएका छन् । उनको पक्षमा ३० जना र विपक्षमा नौँ जनाले मत हालेका थिए । एमालेको माधव नेपाल पक्षका १७ जनाले मुख्यमन्त्री भट्टका पक्षमा र केपी ओली पक्षिय सात जनाले विपक्षमा मतदान गरेका छन् ।