प्रधानमन्त्री कप महिला क्रिकेटः कर्णालीले दियो लुम्बिनीलाई १८ रनको लक्ष्य (LIVE )
2021/12/19, 12:23
 
ss

कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले कर्णाली प्रदेश र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा भईरहेको छ । कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै १७ रन नबाएको छ ।

हुस्सु र शितलहरका कारण प्रभावित भएपछि ६ ओभरमा घटाईएको खेलमा कर्णालीले निर्धारित ओभरमा ३ विकेट क्षतिमा १७ रन बनाएको हो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिईन् ।

१८ रनको विजय लक्ष्य बोकेर लुम्बिनी प्रदेश ब्याटिङमा उत्र्रिएको छ । दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ । 

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।