खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्यको कोरोना संक्रमणबाट मृत्यु
2021/06/16, 5:06
 
uu

खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको मृत्यु भएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गर्दै गर्दा बुधबार दिउँसो मृत्यु भएको हो । 

२ हप्ता अघि संक्रमण पुष्टी भएका रोकायालाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको थियो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट खप्तड छान्ना गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी समेत थिए ।