कञ्चनपुरमा भन्सार छलेर ल्याइएको ५ लाख बढिको सामान बरामद
2021/06/18, 10:12
 
cc

कञ्चनपुरमा सशस्त्र प्रहरीले ५ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको बिडी, सुर्ती, मल, बिउबिजन, साइकलको पार्टपुर्जा र मोटरसाइकल गरी ५ लाख ३६ हजार मूल्य बराबरको सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्‍चनपुर तथा मातहत बोर्डर आउट पोष्ट बेलौरी र गड्डाचौकीबाट खटिएको टोलिले सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानलाई आवश्यक कानुनी कारवाहीको लागि कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।