कैलालीकी कविताले निसर्ग अस्पतालमा जन्माइन् तिम्ल्याहा शिशु
2020/06/08, 7:37
 
baby

धनगढीको निसर्ग अस्पतालमा एक महिलाले तीन शिशुलाई जन्म दिएकी छन्। जिल्लाको कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीले दुई छोरी र एक छोरालाई जन्म दिएकी हुन्। 

उनले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा शल्यक्रिया मार्फत तीन सन्तानलाई जन्माएक हुन। पहिलो शिशु (छोरी) को तौल २ हजार ग्राम, दोस्रो (छोरा) को २१ सय ग्राम र तेस्रो (छोरी) को तौल १७ सय ग्राम रहेको अस्पतालले जनाएको छ। 

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले चौधरीको शल्यक्रिया गरेका थिए। महिलाका श्रीमान राजेन्द्र चौधरीले तीन वटै शिशुको अवस्था ठिक भएको बताए। उनले पहिलो सन्तानको रुपमा तीन शिशुको जन्म भएको बताए। 

एक साता अघि मात्रै निसर्ग अस्पतालमै बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु ९छोरा०लाई जन्म दिएकी थिईन्। अहिलेसम्म निसर्ग अस्पतालमा तीन महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिईसकेकी छिन्।