भारतबाट त्रिनगर नाका भएर साढे ६६ हजार नेपाली भित्रिए
2020/06/09, 8:01
 
sima

भारतका विभिन्न शहरबाट त्रिनगर नाका भएर साढे ६६ हजार नेपाली नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतका विभिन्न शहरबाट धनगढी स्थित त्रिनगर भन्सार नाका भएर ६६ हजार  ५ सय नेपाली नेपाली भित्रिएका हुन् ।  जेठ ७ गतेबाट भारतका विभिन्न शहरबाट नेपाली भित्रिने क्रम शुरु भएकोमा हालसम्म पनि भित्रिने क्रम जारी रहेको छ । 

यो संख्या १८ दिनमा भित्रिएको नेपालीको संख्या रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार यसरी धनगढी भएर भित्रिनेमा ठूलो संख्यामा सुदूरपश्चिमका बासिन्दा रहेका छन् । यद्दपि यो नाका भएर ५५ जिल्लाका बासिन्दा नेपाल भित्रिएका हुन् । भारतबाट सबैभन्दा ठूलो संख्यामा कैलालीका बासिन्दा फर्किएका छन् ।

१८ दिनमा कैलालीका २० हजार ८ सय जना भारतबाट फर्किएका छन् । डोटीका १० हजार ६ सय भित्रिएका छन् । त्यसैगरी कञ्चनपुरका ५ हजार ८ सय, अछामका ६ हजार ४ सय ५०, बाजुराका २ हजार ७ सय ५०, बाजुराका २ हजार ५ सय ५०, बैतडीका ४ हजार ७ सय ५०, दार्चुलाका ७ सय ५० र डडेल्धुराका ४ हजार ६ सय ५० व्यक्ति भारतका बिभिन्न शहरबाट फर्किएको सूचना अधिकारी जोशीले जानकारी दिए ।