२५ हजारको ऋणले चौलानी किनारबाट हुर्किएको चौलानी ग्रुप अफ कम्पनी
2021/06/26, 3:29
 
corona

सीताराम ओझा- हिंसात्मक द्वन्द्वले दार्चुलाबाट विस्थापित भई कैलालीमा बसाई सरेका मान मानसिंह साउँद सहित उनका भाईले धनगढीमा खोलेको चौलानी डिपार्टमेन्ट स्टोरमा नेपालमा उपलब्ध सबैखाले सामान पाईन्छ । आवश्यक परेको सामान किन्नका लागि फरक फरक पसल जानु पर्दैन । यसरी उनले सबै सामान पाईन्छन् भन्ने कुरा मात्रै होईन मन परेका परिकार खान तथा स्वास्थ्यका लागि फिटनेसको सेवा लिन, पौडी खेल्न तथा आवासका लागि पनि अन्यत्र जानु पर्दैन भन्ने कुरालाई स्थापित गरेका छन् ।

3

विगतको शसस्त्र द्धन्द्धका कारण धनगढी सरेका मानसिंहले १८ बर्षको अवधिमा चौलानी पुस्तक भण्डारलाई चौलानी ग्रुप अफ कम्पनीको रुपमा अगाडी बढाउँदै व्यवसायिक बाटोमा अग्रसर भएका छन् । अहिलेसम्म पनि सामुहिक परिवारमा रहेका दाजुभाईहरु आफ्नै बाटोमा अग्रसर भईरहँदा दाजुभाई मिलेर उनले चौलानी ग्रुप अफ कम्पनीलाई व्यवसायिक फड्कोको उडान भरेका छन् । 

3

सामुहिक परिवारमै रहेका पाँच जना दाजुभाईका तीन थरि बाटोहरु छन् । उनीहरुले एक अर्कालाई आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग पनि गर्दै आएका छन् । आजको यो उचाईमा पुग्नका लागि सबै दाजुभाईको उत्तिक्कै योगदान साथ र सहयोग गरेको मानसिंह बताउँछन् । जेठो दाजु धनसिंह साउँद अमेरिका गएको पनि १३ बर्ष भईसक्यो । साईलो गजेन्द्र सिंह साउँद पनि डिभि परेर अमेरिकामै छन् । उनले यसअघि महेन्द्रनगरमा रहेको चौलानी पुस्तक भण्डार सञ्चालन गर्दै आएका थिए । माईलो करन सिंह साउँद पनि धनगढीमै चौलानी होटेल चलाईरहेका छन् भने मानसिंह र कान्छा भाई तिलक सिंह साउँद चौलानी ग्रुप अफ कम्पनीलाई उकालोतिर लम्काईरहेका छन् ।

2

२५ हजार भेराईटी एकै छाना मुनि
चौलानी ग्रुप अफ कम्पनी अन्तर्गत सञ्चालनमा रहेको चौलानी डिपार्टमेन्ट स्टोरमा अहिले विभिन्न किसिमका २५ हजार बढी भेराईटीहरु पाईन्छन् । डिपार्टमेन्टल स्टोर रहेकै ठाउँमा यसअघि चौलानी पुस्तक भण्डार रहेको थियो । त्यसलाई समय अनुसार पछ्याउँदै डिपार्टमेन्टल स्टोरमा परिणत गरिएको हो । डिपार्टमेन्टल स्टोर सिस्टममा छोडेर कर्मचारीहरुबाट सञ्चालन भईरहेको छ । काउण्टरमा आफैं बसेर व्यापार गर्ने परिपाटीको अन्त्य गर्नुका साथै समयको बचत, सबै सामान एकै छानामुनि त्यो पनि ग्राहकको सन्तुष्टिमा दिन सफल चौलानीले सबै सामानलाई एकै छान मुनि उपलब्ध गराउँदै आएको छ । धनगढीको मुख्य बजारमा रहेको डिपार्टमेन्टल स्टोरमा मात्रै ६० जनाले रोजगारी पाएका छन् । 

3

चौलानीका तीन विभागका फरक फरक सेवा 
चौलानी ग्रुप अफ कम्पनी अन्तर्गत तीन वटा विभाग रहेका छन् । एउटा डिपार्टमेन्टल स्टोर अर्को क्लब चौलानी र चौलानी पुस्तक भण्डार । तीन वटा विभाग अन्तर्गत विभिन्न सेवाहरु प्नि दिईदै आएको छ । डिपार्टमेन्टल स्टोरमा रहेका २५ हजारभन्दा वढी भेराईटीलाई क्रमशः बढाउँदै लगिरहेका छन् मानसिंह । विस्तारै आवश्यक सामाग्रीहरु थप गर्दै लैजाने योजना रहेको छ । क्लब चौलानी अन्तर्गत निको रेष्टुरेन्ट, फिटनेस, साउना स्टीम, स्लिमिङ, कन्फ्रेन्स हल र कफी सप रहेका छन् । फिटनेसमा व्यवसायिक प्रशिक्षक, एसी हल, साउना, पौडीमा प्रशिक्षक र गुणस्तर नियन्त्रणका लागि कन्सल्टेन्ट राखिएको छ । कफी सपको रुपमा फ्रेन्चाईज रेडमुड कफी रहेको छ । 

2

कैलाली कञ्चनपुर सहित राजधानीमा विस्तारको तयारी 
धनगढीको मुख्य बजारमा रहेको चौलानी डिपार्टमेन्टल स्टोर खुलेपछि त्यसको शाखा धनगढी चौराहमा पनि मिनि मार्टको रुपमा खुलिसकेको छ । क्याम्पसरोडमा खुल्ने तयारीमा रहेको छ । यसै बर्षभित्र अत्तरिया, चौमला, पहलमानपुर, मसुरिया र सुख्खडमा खोल्न योजना थियो तर कोरोनाले त्यो योजना केही पर सरेको छ । ती स्थानहरुमा हस्पिटालिटीको रुपमा निको रेष्टुरेन्ट पनि स्थापनाको योजना बनाईएको छ । आवश्यक सामान किनेपछि भोक लाग्दा खाजा खानका लागि पनि अन्यत्र जानु नपरोस भनेर यो योजना ल्याईएको मानसिंह सुनाउँछन् । अधिकांश मार्ट डिपारमेन्टल स्टोर पहिले राजधानी काठमाण्डौंमा खोलेर अनि देशका अन्य भागमा आउने गर्छन् । तर चौलानी पश्चिम नेपाल हुदैं राजधानी काठमाण्डौं जाने तयारीमा छ । त्यसैगरी महेन्द्रनगर, कोहलपुर हुदैं दाङसम्म व्यवसाय विस्तारमा कम्पनी अग्रसर भएको छ । 

3

५ बर्षमा ५ सय जनालाई रोजगारीको लक्ष्य
चौलानी ग्रुप अफ कम्पनीमा अहिलेसम्म एक सय १३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारको अवसर सिर्जना गर्दै चौलानी विस्तारमा ग्रुप लागिरहेको छ । अबको ५ बर्षमा ५ सय जनालाई रोजगारी दिने लक्ष्य मानसिंहले राखेका छन् । चौलानी नदीको किनारबाट २५ हजारको लगानीमा सुरु भएको चौलानी पुस्तक पसल हुदैं चौलानी ग्रुप अफ कम्पनीसम्म आईपुग्दा सयौले रोजगारी प्राप्त गरेका छन् । थप जनशक्तीलाई रोजगारी दिनका लागि चौलानी लागिरहेको छ । आज २५ हजारदेखि सुरु भएको चौलानी करौडौको लगानीमा सञ्चालित छ । 

3

सामाजिक कामहरुमा अग्रसरता बढ्दै 
व्यवसायिक क्षेत्रमा स्थापित बन्दै गएको चौलानीले सामाजिक क्षेत्रमा पनि आफ्नो छाप पारिरहेको छ । अघिल्लो बर्षको लकडाउनमा कैलाली भन्सारमा नेपाल फर्किएर खाना नपाएकाहरुलाई राति राति पसल खोल्दै निशुल्क खाद्य सामाग्री दिईएको थियो । अहिलेको लकडाउनमा पनि कोरोना प्रभावितहरुलाई आवश्यक पर्ने अक्सिजन लिनका लागि चौलानीमा अक्सिजन बैंक खोलिएको छ । आपत विपत पर्दा सामाजिक काममा मानसिंहले सक्रियता देखाईरहेका छन् । उनी सामाजिक काम गर्नका लागि ह्युमानिटी फाउण्डेसनको कोषाध्यक्ष पदमा कार्यरत छन् । अघिल्लो बर्ष स्थापना भएको फाउण्डेसनको एक महत्वपुर्ण खम्बा हुन् मानसिंह । अहिले उनी लगायत उनको टीमले सामाजिक कामहरु गरिरहेका छन् । त्यसमा हिस्सेदारको रुपमा लागिरहेका छन उनी र चौलानी । 

3
 
किताबले जन्माएको उद्यमसिलता
दार्चुलाबाट कैलालीमा बसाई सरेर आएका साउँदले धनगढीमा खोलेको ‘चौलानी पुस्तक भण्डार’ मा नेपालमा उपलब्ध सबैखाले पुस्तक र स्टेशनरी सामान पाईन्छ । यसरी उनले ‘सुदूरपश्चिममा पनि राम्रा पुस्तक पाईन्छन् र !’ भन्ने भनाईलाई बदलिदिएका छन् । महेन्द्रनगर र नेपालगञ्जमा समेत पसल विस्तार गरेका साउँदले अहिले काठमाडौंमा ‘संगम पब्लिकेशन’ पनि सञ्चालन गरिरहेका छन् । छापाखानामा भने उनका अरू साझेदार पनि छन् । दुई तीन सय उनका किताबका पार्टीहरु छन् । उनले डिपार्टमेन्टल स्टोरलाई एजुकेशन स्टोरको रुपमा पनि अघि सारेका छन् । त्यही कारण तला–तलामा पुस्तक, स्टेशनरी, खेलकुद, संगीत, विज्ञान ल्याब र पुस्तकालय चलाएका छन् । 

3

धनगढी आउँदाका ती संघर्षले दिएका सफलताहरु
२०६३ सालको मंसीरमा धनगढीमा पुस्तक पसल खोल्ने निधो गर्दा उनीसँग दाजुहरूले जुटाइदिएको ७५ हजार रकम थियो । उनले १० हजार अग्रिम घरभाडा दिएका थिए, अहिले चौलानी डिपार्टमेन्टल स्टोर रहेको स्थानमै । साइनबोर्ड आदिमा ४० हजार खर्चेर उनले धनगढीका विभिन्न चोकहरुमा राखेका थिए । उनको साहसलाई स्वयम उनकै घर परिवारका सदस्यहरुले पनि पत्याएका थिएनन् । धनगढी आउँदा कति दिनमा दार्चुला फर्किने हो भनेर घरका सदस्यहरुले पनि भन्ने गर्थे । धनगढीबाट अग्रिम भाडा दिएर साईनबोर्ड लगाएर घर फर्किदा कसरी गर्छस भनेर गाली खाएको मानसिंहले बिर्सेका छैनन् । दुई बर्षको लागि उनले सुरुमा घर भाडामा लिएका थिए । धनगढी आउँदा गोकुलेश्वरको उनको पसलमा धनगढीकै पुस्तक बिक्रेताहरुको किताब जान्थ्यो । उनी धनगढी आउँदा ती पुस्तक व्यवसायीहरुले सहयोग गर्छन भन्ने लागेको थियो उनलाई ।

3

उनीहरु कसैले पनि विश्वास पनि लिएका थिएनन् की पुस्तक पसल चलाउँछन भनेर । एउटा सानो कोठा अगाडी पुस्तक पछाडी त्यसकै पछाडी प्लाईले बेरेको भान्छा र सुत्ने कोठा बनाएर व्यवसाय थालिईएको थियो । धनगढीमा पसल खोलेको पहिलो दिन चार सयको ब्यापार हुँदा पनि दंग भएका थिए उनी । आफ्नो व्यवहारले चलाउन सकिने आत्मविश्वास थियो उनीमा । धनगढीका पुस्तक पसलहरु म्न लागेको समयमा खुल्ने, सामान किनेपछि फिर्ता नगर्ने जस्ता समस्या देखेका ममानसिंहले विहानै पसल खोलेर साँझ बन्द गर्थे । काउण्टरमा आफै बस्थे । कुनै एक दिन ग्राहक रिसाएको अनुभुती पाएनन् उनले । त्यसपछि मानसिंहले ग्राहक तान्नलाई नयाँ जुक्ती लगाए । किताब किन्दा त्यसको गाता अलगै किन्नुपर्ने अवस्था थियो । उनले गाता आफै फ्रिमा हाल्दिन सुरु गरे । यति गर्दासम्म उनको माउथ पब्लिसिटी धेरै भईसकेको थियो ।

3

पहाड किताब पठाउने काम पनि उनको जारी नै थियो । त्यसपछि धनगढीमा एकलौटी किताबको व्यवसाय गर्दै आएकाहरुले चौलानी चल्न थाल्यो भन्दै किताब दिन समेत बन्द गरिदिए ।  त्यसपछि उनले अरुसँग अरुका लागि हो भनेर किताब मगाएर चलाउन थाले । नयाँ नयाँ कुराहरुको प्रयोग गर्दै जाँदा उनलाई ग्राहक र साहुले धेरै कुराहरु सिकाए । चौलानी चल्न थालेपछि अन्य व्यवसायीले किताबमा छुटको अफर दिन थाले । त्यो गर्दा मानसिंहलाई मुनाफा थिएन । किनकी उनी पनि तिनै साहुजीबाट किताब ल्याएर बेच्थे । यो स्थितिमा उनी ब्याक हुने कुरै भएन ।

2

उनले छुटमा किताब मात्रै दिएनन् की आफै रंगिन गाता छापेर विद्यार्थीहरुलाई लाएर दिन थालेपछि उनको व्यापारमा कमि आएन् । चौलानी पुस्तक भण्डार चल्न थालेपछि उनीसँग धेरै पब्लिकेशसनहरु प्नि जोडिए । उनलाई त्यसको डिलर पनि दिए । धनगढीका पुस्तक व्यवसायीको एकलौटी राजलाई अन्त्य गर्दै अगाडी बढेपछि उनले पनि पुस्तक व्यवसायमा नयाँ उचाई बनाए । त्यही पुस्तक पसलबाट सिकेको पाठले उनलाई आजको दिनसम्म पुग्न सधैं उत्प्रेरणा र उर्जा दिईरह्यो । जसले आज चौलानी र साउँद दाजुभाईलाई हौसला दिईरहेको छ । त्यसरी एउटा सटरबाट शुरू भएको पसल विशाल ‘चौलानी पुस्तक भण्डार’ बन्दै चौलानी डिपार्टमेन्टल स्टोर हुदैं चौलानी ग्रुप अफ कम्पनी बनेको छ । “इमान्दार र मिहिनेत भयो भने सफल भइँदो रै’छ ।” साउँद भन्छन् ।

2

ओभरसियर पढ्ने रहरबाट व्यवसायी बनेका मानसिंह
दार्चुलामा पुस्तक पसल शुरू गर्दा उनी ओभरसियर पढ्न जाने योजनामा थिए । जेठा दाजु धनसिंह साउँद राष्टिय अनुसन्धान विभागमा जागीरे थिए । भिनाजु साझा प्रकाशनमा काम गर्ने । जेठा दाजुले किताबा पसल गरौं भनेपछि उनले हुन्छ भने । उनी राम्रो फोटोग्राफर पनि थिए । उनले किताब पसलसँगै फोटो स्टुडियो पनि चलाए । ५ बन्डल किताबबाट चौलानी पुस्तक पसल सञ्चालन भएको थियो । त्यो बेला बोर्डिङ स्कुलको किताब थिएन । सरकारी स्कुलको किताब मात्रै बिक्री वितरण हुन्थ्यो । व्यापार राम्रो हुन थालेपछि उनी त्यसमै भुलेका थिए । उनको परिवारका कोही व्यापारमा लागेका थिएनन्, न त तराई नै झरेका थिए । “बाख्रापालनका निम्ति लिएको ऋणबाट थालेको नयाँ व्यवसायबाट पैसाभन्दा ठूलो कुरा विश्वसनीयता र ख्याति कमाईयो । जसको जगले आज चौलानी प्रति सबैको विश्वास बलियो बनेको छ ।” साउँद भन्छन् ।

2

नयाँ प्रयोगले व्यवसायिक छलाङ
२०५५ मा कृषि विकास बैंकबाट लिएको रु.२५ हजार ऋणबाट गोकुलेमा पसल सुरू गरेका साउँद तीन वर्षको अवधिमा दार्चुलामै पनि नामी पुस्तक व्यापारी बनिसकेका थिए । जिल्लाका पुस्तक बिक्रेताहरूले लगाएको पुस्तक किन्दा कापी किन्नैपर्ने ‘नियम’ विपरीत आफ्नो आवश्यकता अनुसार किन्दा पुग्ने जस्ता सहुलियतबाट उनले सबभन्दा धेरै ग्राहक बनाएका थिए । “मलाई पहाडमा एक सेट किताबसँगै एक ठेली कापी किन्नुपर्ने बाध्यताको नियम कहिले हटाउँ भन्ने लागेको थियो ।” साउँद भन्छन्, “म र मेरो परिवारले समेत भोगेको त्यो समस्या हटाउँदा व्यावसायिक नाफा समेत भयो ।” उनको व्यापार चम्किनुमा यही कुरा महत्वपूर्ण बन्यो ।

2

द्धन्द्धले विस्थापित, धनगढीमा स्थापित
त्यसवेला उनी जीविकोपार्जनकै लागि गाउँ–गाउँ डुलेर मानिसहरूको फोटो पनि खिच्ने गर्थे । तर, बढ्दो माओवादी हिंसाले सुदूरपश्चिमोत्तरका यी उदीयमान व्यापारीलाई पनि छाडेन । दाजु प्रहरीमा रहेकाले उनी माओवादीको निशाना बने । एक बिहान एक हूल माओवादी आएर उनको पसलमा आफ्नो मुखपत्र जनादेशका केही प्रति र एक झेला बम छोडेर हिंडे । यो खबर डढेलो जसरी फैलिंदै बैतडीस्थित सैनिक ब्यारेकमा पुग्यो । सर्चमा आएको सैनिक टोली संजोगले बमको झेला राखेको पसलभित्र पट्टिको फोटो धुलाउने साउँदको ‘डार्करुम’ मा गएन । उनी भन्छन्, “नत्र त्यो दिन मलाई सेनाले के गथ्र्यो, थाहा छैन ।”

3

सेनाले बजारका मान्छेहरूसँग जनादेश पत्रिकाबारे सोधखोज गर्दा ‘पत्रिका बेच्ने त साउँदहरू हुन’ भन्ने जवाफ पाएको थियो । कुटपिट गर्ने तयारी साथ सैनिकहरूले त्यसबारे सोधेपछि ‘मलाई मात्र हैन, बजारका सबैलाई बाँडेका छन्, पत्रिका घरमा छ, लिएर आउँछु भन्दै पसलबाट निस्किए । त्यसरी हिंडेका साउँदले धनगढी पुगेपछि सास फेरे । मंसीरमा धनगढीमा पुस्तक पसल खोल्ने निधो गर्दा त्यसरी एउटा सटरबाट शुरू भएको पसल अहिले विशाल ‘चौलानी ग्रुप अफ कम्पनी ’ बनेको छ । “इमान्दार र मिहिनेत भयो भने सफल भइँदो रैछ ।” साउँद भन्छन् ।

2

2

2