
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ । स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको हो ।

स्वास्थ्य चौकीले एक सूचना जारी गर्दै बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म स्वास्थ्यचौकीका सेवा बन्द गरिएको जनाएको छ ।
सेवाग्राहीमा समेत संक्रमण फैलिन नदिन अनिश्चितका लागि सेवा बन्द गरिएको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र विष्टले बताए । कञ्चनपुरको पुर्नवासमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01