
सुदूरपश्चिममा एक अर्का जनप्रतिनिधिमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुराको परशुराम नगरपालिकामा सोमबार कोरोना पुष्टि भएका ३ जना मध्ये १ जना जनप्रतिनिधि रहेका छन् । कोरोना पुष्टि भएकामध्ये ५७ बर्षीय जन प्रतिनिधि रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखा उप संयोजक हिक्मतबहादुर धामीले बताए ।

कोरोना संक्रमित पुरुष परशुराम नगरपालिका नगर कार्यपालिकाका सदस्य हुन् । उनी त्रिवेणी वहुमूखी क्याम्पसको क्वारेन्टिनमा बसिरहेका थिए । त्यहाँ पुष्टि भएका तीन जनामध्ये अन्य २०, र २५ वर्षीय पुरुष दुबै जना भातबाट आएका हुन ।
उनी वडा नम्बर ५ परिगाउँ र वडा नम्बर ७ साँदनीको क्वारेन्टाइनमा बसिरहेका छन् । डडेल्धुरामा सोमबार सात जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । यसअघि कैलालीको गोदावरी नगपालिकाका एक जनप्रतिनिधिमा पनि कोरोना पुष्टि भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44