
दार्चुलामा ८ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। दुई जना पुरुष र छ जना महिला गरी आठ जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन्।

साउन १३ गतेदेखि १८ गतेसम्म अस्पतालमा जँचाउन आएका बिरामीहरुमध्ये उनीहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाका १/१ जना र महाकाली नगरपालिकाका ६ जनामा स्क्रब टाइफस देखिएको हो।
गत वर्षमा जिल्लाका ३४ जनामा स्क्रब टाइफस देखिएको बताइएको छ। जसमध्ये २५ जना महिला थिए। अस्पतालका अनुसार महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने हुँदा बढी जोखिममा रहन्छन्। हालसम्म जिल्लामा देखिएका स्क्राब टाइफसका बिरामीलाई घर पठाइसकिएको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27