
धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २९ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । बुधबार अस्पतालको प्रयोगशालामा १ सय १७ जनाको नमूना परीक्षण गरिएकोमा २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ८ जना बिरामी भर्ना भएका छन् भने निको भएर डिस्चार्ज हुनेको संख्या शुन्य रहेको छ । हाल अस्पतालमा २७ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा उपचार भईरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34