बालबालिकामा श्वासप्रश्वासको समस्या जिल्ला अस्पताल बाजुरामा २ सातामा ३७ जना भर्ना
2021/08/14, 2:19
 
aa

जिल्ला अस्पताल बाजुरामा श्वासप्रश्वास र निमोनियाका बिरामी बालबालिकाको संख्या बढेको छ । दुई सातायता ३७ बालबालिका भर्ना भएका हुन् । चार वर्षयता यति धेरै बालबालिकामा एकै पटक यस्तो समस्या देखिएको अस्पतालले जनाएको छ । तीमध्ये बढीजसो १० वर्षमुनिका छन् । 

अस्पताल प्रमुख डा. प्रकाश जोशीका अनुसार अधिकांशमा कडा निमोनिया र श्वासप्रश्वासको समस्या छ । उनका अनुसार अधिकांशलाई अक्सिजन प्रयोग गर्नुपरेको छ । तीमध्ये ७ जना अझै उपचाररत छन् । ‘दुई जना बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ,’ डा. जोशीले भने, ‘एक जनालाई त रेफर गर्‍यौं । बिहीबार १८ महिने बच्चामा संक्रमण पुष्टि भएकाले सबैलाई झस्काएको छ ।’

जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएका उक्त बच्चामा कोरोना देखिएको डा. जोशीले बताए । अर्का एक बालकको डोटीमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।