
कञ्चनपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । शुक्रबार शुक्लाफाँटा नगरपालिका १० का ४७ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै जिल्लाका शुक्रबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिकाका ३ जना,दोधारा चाँदनी नगरपालिकाका ६ जना र बेलकोट ,कृष्णपुर नगरपालिका ,लालभलाडी गाँउपालिकाका १ १ जना र पुर्नवास नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा अहिले ६ जना कोरोना आइसोलेनमा छन भने हामेआइसोलेनमा ११५ जना रहेका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/14, 6:37
2020/10/18, 1:54
2021/06/22, 10:21
2022/02/20, 10:10
2023/05/06, 1:39