सुदूरपश्चिममा २८ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त, एकको मृत्यु
2021/08/27, 9:02

सुदूरपश्चिममा आज २८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

प्रदेशभर ९ सय ५४ जनाको नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो। सेती अस्पतालमा ९४ जनाको नमुना परीक्षण गर्दा ११ जना, महाकाली अस्पतालमा १५ जनाको नमुना परीक्षण गर्दा ३ जना र बैतडी अस्पतालमा १८ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
यस्तै डडेल्धुरा अस्पतालमा ७ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। आज १७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

निर्देशनालयका अनुसार सुदूरपश्चिममा एक जनाको मृयु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का ४७ बर्षीय पुरुष रहेका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32