
धनगढीको चटकपुर र कञ्चनपुरको राजघाट सिमानास्थित निर्माणाधिन पक्की पुल बगेपछि आवागमन अवरुद्ध भएको छ ।

मोहना नदीमा बढेको पानीको बहावले अस्थायीरूपमा सञ्चालनमा ल्याइएको पुलको माटो बगाएपछि आवतजावत ठप्प भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का स्थानीय लोकेश जोराले जानकारी दिए ।
“लामो समयपछि मुस्किलले निर्माण भइरहेको पुल लगभग अन्तिम चरणमा पुगेको थियो । पानीको बहावले पुलको पश्चिम भाग बगाएकाले आवागमनमा निकै समस्या भएको छ, उनले भने ।

क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको र बहाव भने सामान्य बन्दै गएको जनाइएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/17, 4:25
2021/12/20, 8:38
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/04/29, 6:40