कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु
2021/08/28, 10:26
 
corona

कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए ।

समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।