
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबास पुलमा शुक्रबारदेखि सवारी साधन आवागमन बन्द गरिएको छ । पहाडी क्षेत्रमा लगातार भएको अविरल वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलेपछि महाकालीमा शुक्रबार बिहादेखि बाढी आएको हो ।

प्रहरीका अनुसार महाकाली नदीमा शनिबार बिहान पानीको बहाव १ लाख ५ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । शुक्रबार साँझ पानीको बहाव १ लाख ६७ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको थियो ।
झण्डै सय वर्षअघि बनेको बनबासा पुल जीर्ण भएका कारण पानीको बहाव १ लाख क्युसेक प्रतिसेकेन्ड नाघ्नेबितिक्कै सवारी साधन आवागमन बन्द गरिन्छ । यस पटक ठूला मात्रै नभई साइकल र मोटरसाइकल आवागमनसमेत बन्द गरिएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/17, 4:25
2021/12/20, 8:38
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/04/29, 6:40