एक्सिस विद्याश्रमले स्वर्गिय पत्रकार जेपी जोशीकी छोरीलाई निःशुल्क पढाउने
2021/08/29, 5:48
 
aa

अज्ञात समूहद्धारा मारिएका पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीले आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा लड्न आफूले कानून विषय पढन थालेको बताएकी छन् । धनगढीको एक्सिस विद्याश्रमले १४ वर्ष अघि मारिएका जोशीको छोरी पूजालाई निशुल्क पढाउने घोषणा गरेको कार्यक्रममा आइतबार  म र मेरो परिवारले जस्तै अन्याय भोग्नु नपरोस त्यस्ता असाहय परिवारलाई साथ दिन सकु भनेर  कानून विषय छानेको बताईन् ।  

यसैवर्ष ३।५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । हामी अभिभावक विहिन,   विपन्न र जेहेन्दारलाई पढाउदै आएका छौ त्यसैमा नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउने भएका हौ एक्सिसका सञ्चालक अनिता पन्तले बताइन् । सञ्चालक पन्तका अनुसार अहिले कानून पढ्नेको संख्या बढेको छ । पन्तले भनिन कानून पढ्दा आत्मवल बढने विश्वास विद्यार्थीमा छ । पन्तले आफ्नै छोरीलाई पनि एक्सिसमा नै कानून पढाइरहेकी छन् ।

पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो उनले कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेर निशुल्क पढाउने व्यवस्था गरेका हौ पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।

सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निशुल्क रुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे । सो अवसरमा धनगढीका सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।  स्वर्गिय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए । जोशी ०७४ पुसमा अत्तरियाबाट बेपत्ता भएका थिए भने त्यसको एक महिनापछि उनको कंकाल अत्तरिया नजिकैको जंगलमा भेटिएको थियो । यद्यपी उनको डिएन टेस्ट मिलेको छैन ।