
आफन्तको मलामी गएका बैतडीका एक युवक खोलामा बगेर बेपत्ता भएका छन्। सिगास गाउँपालिका-२ का २२ वर्षीय प्रकाशसिंह धामी बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

साथीहरुसँग टुँडे खोलामा नुहाउने क्रममा प्रकाशलाई आइतबार बिहान करिब १० बजे बगाएको हो। बेपत्ता प्रकाशको खोजी भइरहेको छ।
यस्तै‚ प्रकाशसँगै बगेका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई भने मलामी अन्यले सकुशल उद्धार गरेको प्रहरीले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/17, 4:25
2021/12/20, 8:38
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/04/29, 6:40