
महाकाली नदीमा जलसतहले सतर्कताको तह पार गरेको छ। आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सोमबार दिउँसो १२ बजे गरिएको मापन अनुसार नदीमा पानीको बहाव एक लाख ४१ हजार १८० क्युसेक पुगेको छ ।

निरन्तर रुपमा पहाडी क्षेत्रमा भैरहेको वर्षाका कारण नदीमा पानीको बहावमा बृद्धि भएको हो। पानीको बहाव बढेसँगै बनवसा पुलमा ठूला सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ।
नदीको जलसतह बढ्न थालेकाले कञ्चनपुरका नदी तटीय क्षेत्रमा डुवान हुने क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। चुरे क्षेत्र भएर बग्ने दोदा नदीको जल बहाव समेत बढेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32