कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ मा रहेको हिमालयन युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।


भजनी नगरपालिका वडा नम्बर ५ मा रहेको क्लबको आयोजनामा रक्तदान कार्यक्रम आयोजना भएको हो । रक्तदान जीवनदान भन्ने नारा सहित भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।
कैलालीमा बाढीको कहर रहेका वेला रगतको अभाव हुन सक्ने भन्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो । क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष केशव बुढा रहेका थिए ।
स्थानीय वासिन्दाहरुले पनि रक्तदान गरेको कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार कृष्ण बुढाले गरेका थिए ।
2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/19, 6:42