दार्चुलाको पहिरोमा परी घाइते भएका दुई जनाको सेती अस्पतालमा उपचार हुदैं
2021/08/30, 9:09
 
V

दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।  सोमबार साँझ हेलिकप्टर मार्फत धनगढी ल्याईएका जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार हुन थालेको हो ।

उनीहरुको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याईएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् । मन्त्री जोशीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पतालाई निर्देशन दिएकी छिन् ।

यस्तै दार्चुलामा बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।