अख्तियारको टोली कैलालीको गोदावरी नगरपालिकामा
2021/08/31, 1:26
 
aa

कैलालीको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ। महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालय भित्र पुगेर कागजात अध्ययन गरीरहेको छ ।

टोली अहिले नगरपालिका भित्रै रहेको छ।नगरपालिकाका कार्यकारी  प्रमुख देबराज जोशीले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नियमित कार्य सम्पादन हेर्न आएको बताए । उनले टोली नगरपालिकालाई खबर गरेर नै आएको बताए ।