सेती प्रयोगशालामा १ जनामा कोरोना पुष्टि
2021/08/31, 1:31
 
ss

मंगलबार  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १३ नमूनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन् । भने १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यस्तै अस्पतालमा ५ जनाको आइसीयु र २ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।  हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।