कैलालीका स्थानीय तहमा बढ्दो अनियमितता, अख्तियारको केन्द्रीय टोली छानबिनमा 
2021/08/31, 4:53
 
aa

कैलालीका स्थानीय तहमा बढ्दो अनियमितताको छानविन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली छानबिनका लागि जिल्लामा आएको छ ।

कैलालीका स्थानीय तहमा भएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली कैलाली पुगेको हो । आयोगका डिभिजनल ईन्जिनियर राजेशकुमार दास नेतृत्वको केन्द्रीय टोलीले कैलाली पुगर छानविनको काम समेत सुरु गरेको छ । 

आज पहिलो दिन कैलालीको गोदावरी नगरपालिकाको कागजात छानविन गरेको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि टोलीले अनियमितताको छको कागजात छानविन गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि टोलीले अनियमितताको छानविन गर्ने अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिशचन्द्र जोशीले बताए ।