सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग
2021/08/31, 6:59
 
aa

प्रतिमान निमा स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेश सरकारलाई झण्डै १ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

अमेरिकाका विभिन्न संस्थाहरुसँग पहल गरी प्राप्त भएको स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेकी छिन्।

प्रतिष्ठानले आइसोलेसन गाउन, फेसशिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जालगायतका सामाग्री सहयोग गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तेस्रो लहरको महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरिरहेको र सहयोगी हातहरुले सहयोग गर्दा महामारीसँग जुध्न सकिने बताए।