
दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

मंगलबार साँझ गृह मन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएका हुन् । प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन ।
सरकारले गृहका सहसचिव गौतमको नेतृत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो ।

यस सम्बन्धी संक्षिप्त बेहोराbसहितको विवरण सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । बेपत्ता भएका उनको शव अहिलेसम्म भेटिएको छैन ।
2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/19, 6:42