सेती प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि
2021/09/16, 12:53
 
dd

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहिबार १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ७३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।