धनगढीमा सञ्चालनमा ल्याईएको चिकेन स्टेशन रहेकै भवनको चौथो तलामा नयाँ स्वादको मुगल्स खजाना सञ्चालनमा आएको छ । आफ्नै भवनमा केही समय अघि मात्रै चिकेन स्टेशन सञ्चालनमा ल्याएका व्यवसायी मदन भट्टले सोही भवनको चौथो तलामा मुगल्स खजना संचालनमा ल्याएका हुन् ।
सुदूरपश्चिममै पहिलो पटक धनगढीमा ‘चिकेन स्टेशन’ सञ्चालनमा ल्याएका भट्टले नै चिकेन स्टेशनको चौथो तलामा सञ्चालनमा ल्याएको मुगल्स खजना ग्राहकहरुका लागि भोलीदेखि खुल्ला गरिदैंछ ।
नयाँ स्वादको मज्जासँगै भुइँमा बसेर खाने व्यवस्था सहित भारतका अनुभवी कुकहरुले तयार गरेको मसालेदार इन्डियन फुड, तन्दुरी फुड, टंग्ररी कबाब र मुगल्स फुडको सेवा दिईने संचालक मदन भट्टले बताए ।
मुगल्स खजानामा माटोको भाँडोमा पकाएका मासुका परिकारहरु नयाँ स्वादमा दिने व्यवस्था गरिएको छ । मटन कटिया, मटन लपेटा, चिकेन कोर्मा, चिकेन मुर्ग मसला, पोचौरी नान, कवाव, बिरियानी लगायतका गुणस्तरीय स्वादिष्ट परिवार सेवा रहेको संचालक भट्टले बताए ।
उनले झण्डै एक करोडको लगानीमा अत्याधुनिक खजाना संचालनमा ल्याएका हुन् । उनले डेढ करोड लगानीमा केही महिना अघि धनगढीको चटकपुरमा भेज, ननभेजका स्वादिष्ट परिकार सहित बर्थ डे र म्यारिज यनिभर्सरीको लागि विशेष कक्ष, लाइभ म्युजिक र सानो पार्टीको लागि बिशेष व्यवस्था भएको चिकेन स्टेशनमा संचालनमा ल्याएका थिए ।