धनगढीमा थारु सांस्कृतिक संग्रहालय स्थापना
2021/09/17, 5:08
 
aa

धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ ।

1

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको पटेला थारु सांस्कृतिक संग्रहालयको शुक्रबार उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट र वडाध्यक्ष सीताराम रानाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

2

संग्रहालयको उदघाटन गर्दै उपप्रमुख भट्टले थारु कलासंस्कृतीको जगेर्ना गर्न संग्राहलयले महत्त्वपूर्ण भुमिका खेल्नै भन्दै संग्रहालय  हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जाती बारे विभिन्न जानकारी दिन सहयोग पुर्‍याउने बताइन ।

2

कार्यक्रममा नगर प्रमुख वडले ९८ प्रतिशत थारु जातीको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु संग्राहलय स्थापना हुनु आफैमा गर्वको कुरा रहेको बताए । उनले धनगढी बजारबाट नजिकै रहेको संग्रहालय  हेर्न आउने बाताबरण बनाउन आफुले सक्दो सहयोग गर्ने बताउदै पटेला गाउँमा होमस्टे निर्माणका लागि उपमहानगरपालिकाले पहल थाल्ने बताए ।

1

उदघाटन कार्यक्रममा विभिन्न थारुनाचहरु समेत प्रदर्सन गरिएको थियो । थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पुराना गरगहना लगायत सामाग्रीहरु संग्रहालयमा राखिएका छ्न ।

2

2

1