
धनगढीमा चियापत्ती उद्योग संचालनमा आएको छ। धनगढीका ओमप्रकाश जोशी र अरुण सिंहले मिलेर चियापत्तीको प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएका हुन्।

झापाको बाहुनडाँडामा सहकारीले प्रशोधन गरेको चियालाई धनगढीबाट प्याकेजिङ गर्न उद्योग सञ्चालन गरिएको सञ्चालक सिंहले बताए।
सुदूरपश्चिमका उपभोक्तालाई गुणस्तरीय र सस्तो चियापत्ती दिने उदेश्यले धनगढीमा चियापत्ती उद्योग संचालनमा ल्याएको उनले जानकारी दिए।

पहिलो चरणमा बजारमा एक सय ग्राम प्याकेजिङ्गको अरुण गोल्ड सिटिसी चिया बजारमा ल्याइएको छ। दशैं लगत्तै मसला चिया ल्याउने तयारी रहेको पनि सिंहले बताए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31