सेती प्रयोगशालामा  ३८ जनामा कोरोना पुष्टि
2021/09/18, 1:28
 
aa

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शनिबार ३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ७६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ संक्रमित निको भई घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।