पेट्रोलियम डिलर्स एसोसिएसनमा नयाँ कार्यसमिति चयन
2021/09/19, 11:11
 
aa

सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ।  धनगढीमा सम्पन्न भएको ९औँ साधारण सभाबाट चक्र मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको प्रदेश संयोजक सञ्जय पन्तले बताए।

नयाँ कार्यसमितिको महासचिवमा खगेन्द्र पनेरु, प्रथम उपाध्यक्षमा जियालाल आचार्य, द्धितीय उपाध्यक्षमा दीपक विष्ट, कोषाध्यक्षमा जयशंकर ठाकुर चयन भएका हुन्। नयाँ कार्यसमिति निर्विरोध चयन भएको जनाइएको छ।