कञ्चनपुरमा गुप्ताङ्गमा लागुऔषध लुकाएको अवस्थामा किशोर पक्राउ
2021/09/19, 8:09
 
ss

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत रहेको गड्डाचौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका-४ घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा बस्दै आएका १८ वर्षीय राहुल सोनमलाई पक्राउ गरिएको हो। 

उनीमाथि शंका लागेपछि चेकजाँच गर्दा साथमा लागुऔषध भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। सोनमले गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको हो।