
बैतडीमा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जीप सोमबार दुर्घटना भएको हो ।

घाइते हुनेमा जीप चालक मेलौली नगरपालिका-३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका-५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका-२ का जयबहादुर बोहरा छन् ।
चालक चन्दको अवस्था गम्भीर रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31