कैलालीमा अटो र ई-रिक्सामाथि प्रहरीको निगरानी
2021/09/20, 4:55
 
dd

चार्डपर्व नजिकिएसगै सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफनटा र गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालिहरुको चाप बढ्दै गईरहेको छ । सोही अवधिमा स्वदेश फर्किने नागरिकबाट अटो तथा ई-रिक्सा चालकले चर्को भाडा असुल्ने कार्य पनि बढ्दै गईरहेको गुनासो पनि बढेको छ ।   

यसलाई नियन्त्रणमा ल्याउनको लागि ट्राफिक प्रहरी कार्यालय कैलालीले निगरानी बढाएको छ । कैलालीको त्रिनगर नाका हुँदै स्वदेश फर्किने नागरिकबाट अटो तथा ई-रिक्सा चालकले चर्को भाडा असुल्न थालेपछि नाकामै प्रहरी खटाएर निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले जानकारी दिए ।

“रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु दसैँ तिहार नजिकिए सँगै घर फर्किन थालेका छन् ।” प्रहरी निरीक्षक बोहराले भने, “नाकामा अटो तथा ई रिक्साहरूले भाडा शुल्क चर्को लिने गरेको जनगुनासो हामीलाई आएको छ । अहिले हामीले नाकामै प्रहरी परिचालन गरि अटो तथा ई-रिक्साहरूमाथि कडा निगरानी गरिरहेका छौँ ।”

धनगढी उपमहानगरपालिका भित्र चल्ने अटो तथा ई-रिक्साले त्यस्तो कार्य नगर्न समेत सुझाब दिएका छन् । “त्रिनगर भन्सार क्षेत्रमा चल्ने सम्पूर्ण अटो तथा ई-रिक्सामा निर्धारित भाडा दर रेट लिस्ट यात्रुहरुकाले  प्रस्ट रूपमा देखिने स्थानमा टाँस गर्न भनेका छौँ । कुनै पनि अटो, ई-रिक्सा तथा सार्वजनिक सवारी साधनहरूले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेमा तुरुन्त १०३ वा ०९१-५२१६९९ मा टेलिफोन गर्न सक्नुहुनेछ ।” उनले भने ।  आइतबारदेखि जिल्ला ट्राफिक प्रहरीले कार्यालयले समेत अटोरिक्सा चालकमाथि निगरानी बढाउने अभियान नै सञ्चालन गरेको जनाएको छ ।