सुदूरपश्चिममा सोमबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बझाङ्गका ५० वर्षिय पुरूष र ४० वर्षीय पुरूषको कोभिड संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार १५ जनाको परीक्षण गर्दा थप ५३ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १६९ जनाको पीसीआर परीक्षण गर्दा ३८ जना संक्रमित पाइएका छन् भने, ८ सय ४६ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १६२ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै महाकाली अस्पतालमा ७ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३७ हजार ४ सय ६२ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ९ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ९१ जनाले ज्यान गुमाइसकेको छन्।