
नेपाल फार्मेसी संघको सुदूरपश्चिम समितिको दोस्रो सम्मेलन सोमबार महेन्द्रनगरमा सम्पन्न भएको छ। दोस्रो सम्मेलनबाट केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय नयाँ प्रदेश समिति बिस्तार गरिएको महासचिव राजेश भट्टले बताए।

समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ चयन भएका छन् भने सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट तथा सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी र लोकेश गिरी चयन भएका छन्।
नेपाल फार्मेसी संघ, केन्द्रीय समितिको समन्वयमा सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन सम्पन्न भएको भट्टले बताए।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52