सेती प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि
2021/09/21, 12:09
 
kk

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा मंगलबार १७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ८६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने ५ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।