
कैलालीमा ५ वर्षदेखि फरार दुई जना पक्राउ परेका छन् । कैलाली जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरी र कैलारी गाउँपालिका १ का ५२ वर्षीय राजकर्ण कठरियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिवाना तथा कठरियालाई वन मुद्दामा ५ महिना १० दिन कैद र २० हजार जरिवानाको सजाय सुनाइएको थियो।तर सजाय भुक्तान नगरी चौधरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया ०७३ असोज १२ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेकाहरू मध्ये एकजनालाई सोमबार जिल्ला अदालत मर्मत कारागार चलाइन भइसकेको र थप एक जनालाई मंगलबार अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीक प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिस्टले जानकारी दिए ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52